FAQs Complain Problems

समाचार

कोन्ज्योसोमद्धारा वडास्तीय हुँदै गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सबै वडास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरी गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ गरेको छ । फागुन ११ गते गाउँपालिकाले पालिकास्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा  गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, राजनीतिकदलका प्रतिनिधि,कर्मचारी, शिक्षक,स्वास्थ्य संस्थाका प्रतिनिधिलगायतका उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न  गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस   

आर्थिक वर्ष: